खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४८ युनिट रगत संकलन
पाेखरा | भदौ २१, २०८२
पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।
रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे ।
साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’
समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए ।
समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए ।
उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए ।
कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

